प्रेस युनियन विशेष अभियान सुरु: महासंघलाई फ्यान, सञ्चारिकालाई कुर्सी हस्तान्तरण

अखबार हब
२०८२ भाद्र २, सोमबार १३:१३

हेटौंडा । नेपाल प्रेस युनियन जिल्ला शाखा मकवानपुरले सदस्यता विशेष अभियान सुरु गरेको छ ।

सोमाबर हेटौंडामा एकसय दिने सदस्यता विशेष अभियान सुरु गर्दै युनियन मकवानपुरले नेपाल पत्रकार महासंघ मकवानपुर शाखालाई ४ थान पंखा (फ्यान) र सञ्चारिका समूह नेपाल मकवानपुरलाई १० थान कुर्सी हस्तान्तरण गरेको छ ।

युनियनले एक सय दिने सदस्य विशेष अभियानको शुभारम्भसँगै सोमबार हेटौंडामा आयोजित कार्यक्रममा सामाग्री हस्तान्तरण गरेको हो ।

नेपाल प्रेस युनियन मकवानपुरका उपाध्यक्ष कपिल खड्काको संयोजकत्वमा भएको हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको प्रमुख आतिथ्यता रहेका थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै युनियन मकवानपुरका अध्यक्ष सुबास बिडारीले पत्रकारिता क्षेत्रका संघ–संस्था र संगठनलाई सहयोग तथा प्रोत्साहन दिने कार्यलाई युनियनले सधैं प्राथमिकतामा राख्दै आएको बताए । ‘यसले सञ्चारकर्मीबीच आपसी सद्भाव र सहकार्य अझ मजबुत हुने विश्वास हामीले गरेका छौं,’ उनले भने ।

कार्यक्रममा नेपाल प्रेस युनियन मकवानपुरका संस्थापक अध्यक्ष राममणी दाहाल, पूर्व केन्द्रीय सदस्य गिरिजा अधिकारी, प्रदेश सदस्य गंगाप्रसाद पौडेल, नेपाल पत्रकार महासंघका बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, संस्थापक प्रदेश अध्यक्ष तथा वरिष्ठ पत्रकार प्रताप विष्ट, प्रदेश उपाध्यक्ष हरि हुमागाईं, मकवानपुर शाखा अध्यक्ष बालकृष्ण अधिकारी, अग्रज पत्रकार रामकुमार एलन, सञ्चारिक समूह नेपाल बागमती प्रदेश महासचिव नानीमैया सापकोटा र मकवानपुर अध्यक्ष निशा गुरुङ लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

मकवानपुरमा प्रेस युनियन श्रमजीवी पत्रकारहरुको हकहितको लागि आवाज उठाउने प्रमुख संस्थाहरु मध्ये एक हो । विभिन्न समयमा प्रेस युनियनको अन्य शाखाहरु मध्ये मकवानपुर शाखा चलायमान रहेको भन्दै बैठक तथा कार्यक्रमहरुमा केन्द्रीय समितिद्वारा प्रशंसित समेत भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*