लम्पीस्किन रोकथामका लागि बागमती प्रदेशमा सप्ताहव्यापी खोप अभियानसुरु

अखबार हब
२०८२ भाद्र १, आईतवार ०८:५४

हेटौंडा । बागमती प्रदेश सरकारले लम्पीस्किन रोगविरुद्ध आज भदौ १ गतेदेखि ७ गतेसम्म सप्ताहव्यापी खोप अभियान सुरु भएको छ । प्रदेशको कृषि तथा पशुपंन्छी विकास मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलन गर्दै आजबाट अभियान सुरुहुने जानकारी दिइएको हो।

कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुधन पौडेलका अनुसार खोप कार्यक्रमको औपचारिक सुरुवात ललितपुरको कोन्ज्योसोम गाउँपालिका-१ बाट हुनेछ । बागमती प्रदेशका सबै १३ जिल्लामा एकसाथ अभियान सञ्चालन गरिनेछ । मन्त्री पौडेलले नयाँ जन्मेका बाछाबाछीलाई तीन महिनासम्म खोप लगाउन नमिल्ने भएकाले रोग नियन्त्रणमा चुनौती भइरहेको उल्लेख गर्नुभयो ।

मन्त्रालयका सचिव बैकुण्ठ अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ पशु विकास अधिकृत रामप्रकाश प्रधानले हाल बागमतीका सबै जिल्लामा लम्पीस्किन फैलिएको तर मकवानपुर, सिन्धुली, काभ्रे र चितवन बढी प्रभावित रहेको जानकारी दिनुभयो । असार र साउन महिनामा मात्र १ हजार ६ सय ३३ गाईभैंसी संक्रमित भएको र ७४ वटाको मृत्युभइसकेको तथ्याई प्रस्तुत गद उहाले हालसम्म ९४ हजार ८ सय ७७ पशुलाई खोप लगाइसकिएको पनि बताउनुभयो।

यस वर्षका लागि प्रदेशमा १ लाख २० हजार खोप उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ। साथै, लम्पीस्किनसहित विभिन्न पशु रोग नियन्त्रणका लागि करिब ८ करोड रुपैयाँ विनियोजन गरिएको उल्लेख गरिएको छ।

२०७७ सालमा पहिलो पटक देखेपिरका लम्पास्किन अहिले ७७ वटै जिल्लामा फैलिएको छ। लामखुट्टे, भिंगा, किर्ना, भुसुना आदिको टोकाइबाट सर्ने यो रोग गाईंभैंसीबीच प्रत्यक्ष सम्पर्क वा मानिसको माध्यमबाट पनि सर्न सक्ने विज्ञहरुले बताएका छन् । रोगबाट बच्न खोप अनिवार्य लगाउनुपर्ने र संक्रमित पशुलाई छुट्टै राखी उपचार गर्नुपर्ने उनीहरुको सुझाव छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*