साम्बालाई सञ्चारिका समूह मकवानपुरको सम्मान

अखबार हब
२०८२ श्रावण १८, शनिबार २१:५८

हेटौंडा।नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ हेटौँडामा सम्मानित भएकी छन् ।

सञ्चारिका समूह नेपाल मकवानपुरले हेटौंडामा ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ कार्यक्रम आयोजना गरेर ५० हजार रुपैयाँसहित साम्बालाई सम्मान गरेको हो ।

साम्बालाई हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, हेटौंडा स्क्लु अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशी, प्रजिअ स्किम श्रेष्ठ र संचारिका समूह मकवानपुरकी अध्यक्ष निशा गुरुङलगायतले नगदसहित सम्मानपत्र प्रदान गरेका थिए ।

फुटबल खेलाडीहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा साम्बाले अनुशासन, लगनशीलता र अठोटले मानिसलाई सफलतातर्फ उन्मुख गराउने बताइन् ।

‘मैले अझै धेरै अघि बढ्नु छ । मलाई अझै धेरैजना म जस्तै फुटबल खेलेको हेर्न मन छ । यसका लागि अनुकूल वातारवरण आवश्यक छ,’ उनले भनिन् ।

साम्बा हालैमात्र न्यूजिल्यान्डको वेलिंगटन फिनिक्स फुटबल क्लबसँग अनुबन्धित भएकी छन् । अस्ट्रेलियाको ए–लिग महिला फुटबलको नयाँ सिजनका लागि क्लबले उनलाई अनुबन्ध गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*