बहादुर सिं लामा विरुद्ध अविश्वासको प्रस्ताव दर्ता
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामा विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति समेत रहेका प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँसहित २१ सांसदले नेता बहादुर सिं विरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
नेता लामाबाट बागमती प्रदेशको विकास, समृद्धि र पार्टीको तर्फबाट संसदीय दलको नेतृत्व गर्नसक्ने विश्वास टुटेको कारण उनी विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको प्रदेश सभापति बानियाँले बताए
बागमती प्रदेशसभामा कांग्रेसका ३७ सांसद रहेका छन् ।







