शिवम् सिमेन्ट उद्योगको सामान चोरी गरेको आरोपमा तीन युवक पक्राउ

अखबार हब
२०८२ श्रावण ७, मंगलवार २२:३५

हेटौंडा । हेटौंडा उपमहानगरपालिका-१६ हटियास्थित शिवम् सिमेन्टको सामान चोरी गरेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ ।

उद्योगको मेकानिकल वर्कशपभित्र रहेको क्रसरको सापटको पित्तलको बुस चोरी गरेको आरोपमा सर्लाही बसबढिया गाउँपालिका-३ का २५ वर्षीय सुनिलकुमार यादव, रौतहट गरुडा नगरपालिका-५ का २५ वर्षीय पवन यादव र २१ वर्षीय रितेशकुमार यादवलाई पक्राउ गरेको हो । असार २ गते उनीहरुले चोरी गरेका थिए ।

क्रसरको सापटको पित्तलको बुस

हेटौंडा-१५ स्थित सडकबाट उनीहरुलाई चोरीको सामानसहित मंगलबार पक्राउ गरेर मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एव प्रवक्ता श्यामु अर्यालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*