प्रेस युनियन मकवानपुरको कार्यवाहक सचिवमा कुन्दन
हेटौँडा । नेपाल प्रेस युनियन मकवानपुरले पत्रकार प्रबेश धिताल ‘कुन्दन’लाई कार्यवाहक सचिवको जिम्मेवारी प्रदान गरेको छ ।
सोमबार बसेको युनियन मकवानपुरको कार्यसमिति बैठकले सह–सचिव धिताललाई कार्यवाहक सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।
सचिव बलराम पुडासैनी हाल देश बाहिर रहेकोले संगठनको कार्यहरुलाई निरन्तर रुपमा गतिशिल र चलायमान रुपले सञ्चालन गर्न धिताललाई कार्यवाहक सचिवको जिम्मेवारी दिइएको युनियन मकवानपुरले जनाएको छ ।
त्यसैगरी बैठकले पत्रकार सोमलाल घालन ‘भुवन’लाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ ।
यस्तै युनियन मकवानपुरले सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्रदान गर्ने उद्देश्यसहित एकसय दिने विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
श्रावण ४ गते आइतबार काठमाडौंमा सम्पन्न युनियनको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार उक्त अभियान सञ्चालन गरिने मकवानपुर शाखाले जनाएको छ ।
अभियानअन्तर्गत कक्षा १२ उत्तीर्ण गरेका क्रियाशील सञ्चारकर्मीलाई मात्र नयाँ सदस्यता प्रदान गरिने प्रेस युनियन मकवानपुरका अध्यक्ष सुबास बिडारीले जनाएका छन् ।
बैठकले जिल्ला उपाध्यक्ष कपिल खड्काको संयोजकत्वमा सञ्चारकर्मीहरूलाई युनियनमा आवद्ध गराउने उद्देश्यले ‘पत्रकारसँग युनियन’ अभियान समेत सञ्चालन गरिने निर्णय गरिएको छ । बैठकले केन्द्रीय निर्णय कार्यान्वयन गर्दै मकवानपुर जिल्लामा संगठन सुदृढीकरणका विविध कार्यक्रम अघि बढाउने निर्णय समेत गरेको छ ।
प्रेस युनियन मकवानपुरका अध्यक्ष सुबास बिडारीको अध्यक्षतामा बसेको बैठकमा संस्थापक अध्यक्ष राममणि दाहाल, बागमती प्रदेश उपाध्यक्ष सुजन बिडारी र प्रदेश सदस्य गंगाप्रसाद पौडेलको विशेष आतिथ्यता रहेको थियो ।







