वनभोज खान मकवानपुरको टौवास आएका पर्यटकको खोलाले बगाउँदा मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर- १ टौवासमा खोलाले बगाउँदा एक जना पर्यटकको मृत्यु भएको छ ।
शनिबार दिउँसो वनभोज खाई रमाईलो गरी रहेको अवस्थामा खोलामा नुहाउने क्रममा खोलाले बगाउँदा विरगञ्ज महानगरपालिका -५ बस्ने बर्ष ४५ को पुरुषोत्तम शर्माको मृत्यु भएको हो ।
विरगञ्ज बाट गाडी रिर्जभ गरि आएका करिब ५ जनाको समुह टौवासमा बनभोज खाई रमाइलो गरिरहेको अवस्थामा खोलामा नुहाई खोला तर्ने क्रममा पानीको बहाब बढ्न गई करिब चार सय मिटर तल सम्म बगाउँदा शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपि श्यामु अर्यालले जानकारी दिए ।
घटनास्थल सुरक्षित राखी थप अनुसन्धान तथा मुचुल्का कार्यको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक विश्वम्भरनाथ साहको कमाण्डमा टोलि खटिएको प्रवक्ता अर्यालले जनाए ।