रोशन र मधुसूदनको टीमले जित्यो थाहा नगर ब्याडमिन्टन प्रतियोगिताको उपाधि
थाहा । मकवानपुरको थाहा नगरपालिकाको आयोजना तथा थाहानगर ब्याडमिन्टन संघको संयोजनमा आयोजित छैटौं उपमेयर कप डबल्स मेन्स ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको ब्याडमिन्टन कभर्डहलमा संचालन भएको प्रतियोगिताको उपाधि रोशन गोपाली र मधुसूदन चौधरीको टीमले जितेका छन्। आईतबार सम्पन्न फाईनल खेलमा साविक बिजेता नरेन्द्र मोक्तान र देबको टीमलाई पराजित गरि रोशन र मधुसूदनको टीमले उपाधी जितेका हुन् । उनीहरुले प्रतियोगिताको उपाधिसँगै नगद २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।
यसैगरी उपबिजेता नरेन्द्र र देवको टीमले नगद १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे।
प्रतियोगितामा उत्कृष्ट खेलाडी सुनिल विष्टले घोषित भए । उनले नगद ५ हजारसहित ट्रफी प्राप्त गरे।
प्रतियोगितामा सान्त्वना भएका सुनिलरनवीन र नरेन्द्ररइसाकको टिमले प्राप्त गरेका छन्। उनीहरुलाई नगद पुरस्कारसहित मेडल प्रदान गरिएको थियो।
प्रतियोगितामा थाहा नगरका १४ टिमले सहभागिता जनाएका थिए।
शनिवारदेखि सुरु भएको प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले विजेता र अन्य विधागत उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए।
समापन समारोहमा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, शिक्षा शाखा प्रमुख माधव विक्रम मल्ल, पालुङ भ्यालीहार्ट एकेडेमीका संस्थापकरप्रिन्सिपल सुरेन्द्रमान प्रधान, फरक सोचका संयोजक यादवजंग रायमाझी, थाहा नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने लगायतको उपस्थिति रहेको थियो।
प्रतियोगिताको सहयोगि संस्थाको रुपमा शिखर क्लब र फरक सोच रहेका थिए।
समापन समारोहकै अवसरमा खेल सञ्चालनमा सहयोग गर्ने व्यक्ति तथा संघरसंस्थालाई सम्मान गरिएको प्रतियोगिताका संयोजक शुसान्त श्रेष्ठ ९च्याङ०ले जानकारी दिए।







