चितवनमा भएको दुर्घटनामा हेटौंडाका एकै परिवारका आमा, छोरा र गर्भवती बुहारीको मृत्यु

अखबार हब
२०८२ असार ७, शनिबार १८:५१

चितवन । चितवनमा बस र माइक्रो ठोक्किएर दुर्घटना हुँदा मृत्यु भएका सातमध्ये ६ जनाको सनाखत भएको छ।

शनिबार बिहान चितवको राप्ती नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्ग सडकमा धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश १-०१-००१ख ३५८३ नम्बरको बस र विपरीत दिशातर्फ आइरहेको बागमती प्रदेश ०३-००१ज २९९ नम्बरको माइक्रो ठोक्किएर मृत्यु भएकोमध्ये ६ जनाको सनाखत भएको चितवनका डिएसपी रवीन्द्र खनालले जानकारी दिए।

दुर्घटनामा गर्भवतीसहित पाँच जना महिला र दुई पुरूषको मृत्यु भएको थियो।

मृत्यु हुनेमा एकै परिवारका तीन जना पनि परेका छन्।

मकवानपुरकै हेटौंडा उपमहानगरपालिका-५ कि ५३ वर्षीया मैंयाकुमारी न्यौपाने पहाडी, उनका ३५ वर्षीय छोरा सरोज पहाडी र गर्भवती बुहारी २७ वर्षीया रेनुका कँडेलको मृत्यु भएको डिएसपी खनालले जानकारी दिए।

अन्य मृतकहरुमा मकवानपुरका ५५ वर्षीय सोमप्रसाद रूपाखेती, रौतहटको चन्द्रनिगाहपुर-६ की ३१ वर्षीया सिता कुमारी, माइक्रो चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१० का राजु थिङ छन्।

एक महिलाको शनाखत हुन बाँकी छ। उनको शव जिल्ला अस्पताल भरतपुरमा छ।

दुर्घटनामा परी घाइते भएकाहरुको भरतपुरकै एलाइभ हस्पिटल, नयाँ मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*