चितवनमा बस र माइक्रो ठोक्किँदा एक जना गर्भवतीसहित सात जनाको मृत्यु

अखबार हब
२०८२ असार ७, शनिबार १३:५३

चितवन । चितवनमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदा सात जनाको मृत्यु भएको छ।

चितवको राप्ती नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्ग सडकमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदा सात जना यात्रुको मृत्यु भएको हो। दुर्घटनामा २० जना घाइते भएका छन्।

धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश १-०१-००१ ख ३५८३ नम्बरको बस र विपरीत दिशातर्फ आइरहेको बागमती प्रदेश ०३-००१ज २९९ नम्बरको माइक्रो ठोक्किएको चितवनका डिएसपी रवीन्द्र खनालले जानकारी दिए।

घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुर ल्याइएको छ।

मृत्यु हुनेमा एक जना गर्भवतीसहित पाँच जना महिला र दुई जना पुरूष छन्।

तीमध्ये दुई जनाको सनाखत भएको छ। सनाखत भएका मृतकहरुमा मकवानपुरका ५५ वर्षीय सोमप्रसाद रूपाखेती र मकवानपुर हेटौंडाकै ५३ वर्षीया मैंयाकुमारी न्यौपाने छन्।

अरू चार महिला र एक पुरूषको सनाखत हुन बाँकी छ।

घाइतेहरूको पुरानो मेडिकल,नयाँ मेडिकल कलेज र भरतपुरको एलाइभ अस्पतालमा उपचार भइरहको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*