राक्सिराङका युवालाई सीपमुलक तालिम

अखबार हब
२०८२ असार ३, मंगलवार २०:१७

हेटौंडा । मकवानपुरको पश्चिमि भेगका अवस्थित राक्सिराङ गाउँपालिकाका ४० जना युवाहरुलाई सीपमुलक तालिम प्रदान गरिएको छ ।

राक्सिराङ ३ झिल्किनीमा सञ्चालन भएको ३० दिने केराको सुप्लोबाट स्वदेशी नेपाली कागज उत्पादन गर्न सिकाउने तालिम र वडा नम्बर ५ ठाडेचुरीमा सञ्चालन भएको ३९० घण्टे केयर गिभर तालिमको आज समापन गरिएको हो ।

दुबै तालिममा सहभागि ४० जना प्रतिक्षार्थीहरुलाई राक्सिराङको झिल्किनीमा आयोजित एक कार्यक्रमका बिच उद्योग वाणिज्य तथा भूमि प्रशासन मन्त्रालय बागमती प्रदेशका मन्त्री सुकमाया तामाङले प्रमाण पत्र वितरण गरेकी हुन् ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले प्रदेश सरकारले युवा लक्षित बजेट ल्याएको बताईन् । युवालाई विदेश पलाएन हुन् बाट रोक्न प्रदेश सरकारले बजेट मार्फट स्वरोजगारमुखी कार्यक्रम ल्याएको उनले दावी गरेका छन् । उनले भनिन् – ”मन्त्रीको कार्यभार सम्हाले लगतै साना व्यवसाय सञ्चालन गर्न व्यवासायि दर्ता गर्दा लाग्ने शुल्कमा भरी छुट गरेको छु।”, साथै अति सिमानकृत समुदायका महिलाहरुले व्यावसाय सुरु गर्दा लाग्ने शुल्क १२ हजार बाट घटाएर तीन हजारमा झारेको उनको भनाई छ ।

स्वदेशी नेपाली कागज बनाउने तालिम उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरको आर्थिक सहयोग तथा जिल्ला लघु उद्यम समुह संघ (डि मेगा) मकवानपुरको सहकार्यमा सञ्चालन भएको हो भने केयर गिभर तालिम बागमती प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् हेटौंडा र राक्सिराङ गाउँपालिकाको आर्थिक सहयोगमा हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्रले प्रदान गरेको हो । समापन कार्यक्रम डि मेगा मकवानपुरका अध्यक्ष दिपेन्द्र रोक्काको सभाध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*