मनहरी गाउँपालिकालाई एमालेको २१ बुँदे ध्यानाकर्षण
मनहरी । नेकपा एमाले मनहरी गाउँपालिका कमिटीले मनहरी गाउँपालिका नेतृत्वलाई २१ वटा बुँदामा ध्यानाकर्षण पत्र बुझाएको छ । पार्टी अध्यक्ष नविन सुवेदीको अगुवाइमा एमालेजनले मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीलाई कार्यकक्षमै गएर ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्रमा तत्कालीन समयमा एमाले नेतृत्वको स्थानीय सरकार हुँदा तय भएको पर्यटन विकास सम्बन्धी अबधारणालाई हालको नेतृत्वले हटाएर पालिकाको नाराबाटै पर्यटन शब्द गायब पारिएकोप्रति आपत्ति जनाइएको छ ।
त्यसैगरी मनहरी गाउँपालिकाको राजश्व घट्दो क्रममा रहेको, एमाले नेतृत्वको स्थानीय सरकार हुँदा सुरु भएका गौरवका आयोजनाहरुमा बजेट बिनियोजन नभएको जस्ता बिषयहरु छन् ।







