हेटौंडामा सवारी दुर्घटना, १० जना घाइते
हेटौंडा । हेटौंडामा सवारी दुर्घटनामा परेर दश जना घाइते भएका छन् ।
शनिबार दिउँसो पुर्वपश्चिम सडकखण्ड अन्तर्गत हेटौंडा १५ डाईभरडाँडा स्थित तीन वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
बिरगंजबाट हेटौंडा तर्फ आउदै गरेको ना ५ ख २९७० नम्बरको बसको ब्रेक फेल हुँदा विपरीत दिशा तर्फ जाँदै गरेको वन डेस्ट कारलाई ठक्कर दिएको र हेटौंडा तर्फ आउदै गरेको ना ८ ख ४४० नम्बरको ट्याङ्करलाई समेत ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
दुर्घटनामा बसमा सवार ४ जना र कारमा सवार ६ जना घाइते भएको प्रहरी जनाएको छ ।
घटनास्थल हेटौंडा रातोमाटे प्रहरी चौकीबाट करिब १ किलोमिटर दक्षिणमा पर्छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







