हेटौँडामा नक्कली नोटसहित एक पक्राउ
हेटौँडा । मकवानपुरको हेटौँडामा नक्कली नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन्। मकवानपुर प्रहरीले ५०० दरका नक्कली नोट १८६ थानसहित एक जनालाई नियन्त्रणमा लिएको हो।
आज राति करिब १:१० बजे प्रहरी चौकी रातोमाटे, मकवानपुरबाट खटिएको टोलीले पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत रातोमाटेबाट बा. ३३ प ९९८३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा धादिङ जिल्ला, गंगाजमुना गाउँपालिका वडा नं. २ स्थायी घर भई हाल हेटौँडा उपमहानगरपालिका वडा नं. ८ बस्ने ४२ वर्षीय रामकृष्ण अधिकारीको साथबाट बोकेको झोलाभित्र लुकाएर राखिएको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका अधिकारीलाई मुद्रा सम्बन्धी कसुरमा कारबाहीका लागि मकवानपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान भइरहेको छ ।







