हेटौंडामा एक दिने लोक भजन प्रतियोगिता
हेटौंडा । हेटौंडामा एक दिने लोक भजन प्रतियोगिता हुने भएको छ । लोक कला सँस्कृतिको संरक्षण तथा प्रर्वद्धन गर्ने उद्देश्यले आगामी वैशाख २६ गते हेटौंडामा लोक भजन प्रतियोगिता हुने भएको हो ।
राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान मकवानपुरको आयोजनामा बागमती प्रदेश स्तरीय लोक भजन प्रतियोगिता हुने भएको आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ।
कार्यक्रमलाई बागमतीका सँस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीको उद्धाटन गर्ने आयोजकले जनाएको छ ।
विभिन्न प्रकारका लोपोन्मुख बाजाहरुहरुको संरक्षण गर्ने, लोक कार्यक्रमको आयोजना गरी असहायको उत्थानको लागि कोष स्थापना गर्ने तथा कला सँस्कृतिको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गर्ने मूल उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष अनिता सुवेदीले जानकारी दिए ।
उनका अनुसार प्रतिष्पर्धामा सिन्धुली कला घर लगायत प्रदेशभित्रका दश बढी समूहको सहभागिता रहनेछ । प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वतना हुने समूहलाई क्रमशः तीस, बिस, दश र पाँचरपाँच हजार राशीको पुरष्कार प्रदान गरिनेछ ।
प्रतियोगिताले स्थानीय मौलिक लोकभजन, रीतिरिवाज, परम्परा, स्थानीय भेषभूषा एवम् नृत्यसमेतको जर्गेना गर्ने अपेक्षा गरिएको छ ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका केन्द्रीय सदस्य नारायण रेग्मी, बागमती प्रदेश सदस्य सूवास चन्द्र कँडेल, जिल्ला सचिव विनोद कुमार पुडासैनी लगायतको उपस्थिति रहेको थियो । हाल प्रतिष्ठानको जिल्ला शाखामा ३५ जना सदस्यहरु आवद्ध रहेका छन् ।







