भारतमा पक्राउ परे दुर्गा प्रसाँई

अखबार हब
२०८१ चैत्र २७, बिहीबार २१:४८

काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि गठित जनआन्दोलन समितिका कमान्डर तोकिएका दुर्गा प्रसाईँ भारतको आसाममा पक्राउ परेका छन् ।

उनलाई नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले नेपाल ल्याउँदै गरेको सुरक्षा उच्च स्रोतले बताएको छ ।

चैत १५ गतेको राजावादी प्रदर्शनको क्रममा प्रहरीलाई नै किच्ने गरी गाडी चढाएर भिडलाई उत्तेजित पारेलगत्तै उनी फरार थिए ।

सुरूमा सीआईबी र उपत्यका अपराध अनुसन्धान कार्यालयले खोजी थालेपनि पछि प्रसाईँलाई खोज्ने जिम्मा प्रहरीको विशेष ब्युरोले लिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*