मकवानपुर पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी संघको अध्यक्षमा अधिकारी

अखबार हब
२०८१ चैत्र ११, मंगलवार २०:३२

हेटौंडा । मकवानपुर पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी संघको अध्यक्षमा ध्रुबप्रसाद अधिकारी चयन भएका छन् ।

सोमबार हेटौंडामा भएको तेस्रो अधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा मदनकुमार पोखरेल, महासचिवमा ज्ञानेन्द्र अधिकारी, कोषाध्यक्षमा देबु प्रसाद चौलागाईं चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा पारसमणी थिङ, राजेश कुमार शर्मा, अनिस वाग्ले, रिजन बर्तौला, प्रमोद उप्रेती, सन्दीप ढुङ्गाना महेश ठकुरी र विवेक मानन्धर चयन भएका छन् ।

मकवानपुर पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी संघका अध्यक्ष दीपक सुबेढीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी महासंघका अध्यक्ष तेबिन्द्र रत्न शाक्यको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा मकवानपुर उध्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष प्रमोद सिंह रानाभाट, केन्द्रिय महासंघका वरिष्ट उपाध्यक्ष कृष्ण प्रसाद पान्डे, केन्द्रिय सदस्य चेतनाथ सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*