बकैयामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

अखबार हब
२०८१ फाल्गुन २८, बुधबार ०९:०८

हेटौंडा। मकवानपुरको बकैया गाउँपालिका–४ जुरेली बजारस्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार, गय राति करिब २ बजे हात्तीसुडेबाट ठूलोदमारतर्फ जाँदै गरेको बा ४० प ५३०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो । दुर्घटनामा परि बकैया गाउँपालिका–४ का ३३ वर्षीय रुपक दियाली गम्भीर घाइते भएका थिए।

घटनापछि उनलाई तत्कालै बकैया अस्पताल पुर्‍याइएको थियो। तर, थप उपचारका लागि हेटौंडा अस्पताल पठाइएपछि बिहान करिब ४:३० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

हाल दुर्घटनाबारे थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*