हेटौंडा क्याम्पसको स्ववियु अध्यक्षमा तीन जनाको उम्मेद्वारी
हेटौंडा । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा हेटौंडा क्याम्पसको अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ ।
स्ववियु निर्वाचन समितिले सार्वजनिक गरेको सूचीअनुसार प्रमुख तीन विद्यार्थी संगठनले उम्मेदवारी दिएका छन् ।
मनोनयन दर्ता अनुसार अध्यक्ष पदमा दीपक वाइबा (अखिल क्रान्तिकारी), अभि मैनाली (अनेरास्ववियु), युवराज बिक(नेपाल विद्यार्थी सघ) प्रतिस्पर्धामा छन्।
सचिव पदमा ईश्वर ढुङ्गेल (अखिल क्रान्तिकारी), गणेश तिमल्सिना र रानी बिक ( नेपाल विद्यार्थी सघ) उम्मेदवार बनेका छन्।
त्यसैगरी, कोषाध्यक्ष पदमा प्रास्ना दोङ (अखिल क्रान्तिकारी), रन्जिता फुयाल(अनेरास्ववियु) र सुरज बोलखे (नेपाल विद्यार्थी संघ) प्रतिस्पर्धामा छन्।
हेटौंडा क्याम्पसमा स्ववियु निर्वाचनलाई लिएर विद्यार्थीबीच चासो बढ्दै गएको छ। आगामी निर्वाचनमा कसको विजय हुनेछ भन्ने विषयमा विद्यार्थीहरू उत्सुक देखिएका छन्।







