हेटौंडामा नुहाउने क्रममा राप्ती खोलामा डुबेर किशोरको मृत्यु

अखबार हब
२०८१ फाल्गुन २५, आईतवार १९:१८

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका –१ स्थित राप्ती खोलामा नुहाउने क्रममा एक किशोरको डुबेर मृत्यु भएको छ।

मकवानपुर प्रहरीका अनुसार, आज दिउँसो १:३५ बजे हेटौंडा –५ पिप्ले बस्ने अन्दाजी १७ वर्षीय किशोर अन्य दुई जना साथीहरूसँग नुहाउने क्रममा अचानक पानीमा डुबी बेहोस भएका थिए ।

घटनाबारे खबर प्राप्त हुनासाथ प्रहरी टोली तत्कालै घटनास्थल पुगेको थियो। उद्दार गरी उनलाई हेटौंडा अस्पताल पुर्‍याइएकोमा, अस्पतालले दिउँसो १४:१० बजे उनलाई मृत घोषणा गरेको हो।

मृतकको शव हाल हेटौंडा अस्पतालमै राखिएको छ।

घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायब निरीक्षक विश्वम्भरनाथ साहको कमाण्डमा अनुसन्धान टोली परिचालित भएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*