रुखबाट खस्दा मकवानपुरका लोप्चन घाइते
हेटौंडा । रुखबाट खस्दा मकवानपुरमा एक जना घाइते भएको छ ।
मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर -२ आहाल डाँडा बस्ने ५५ बर्षिय बिरबहादुर लोप्चन रुखबाट लडेर घाइते भएको हो ।
शनिबार दिउँसो २:३० बजेको समयमा घर नजिकको खनायोको रुखमा चढी बिजुलीको तार तान्ने क्रममा रुखबाट खस्दा लोप्चन घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । बिजुली तारबाट भने करेन्ट नलागेको प्रहरीको भनाइ छ ।
घाइते लोप्चनको हाल हेटौंडा अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।







