जामे मस्जिद हेटौंडाको अध्यक्षमा तयस मियाँ अन्सारी
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–४ स्थित जामे मस्जिद समिति हेटौंडाको अध्यक्षमा तयस मियाँ अन्सरी सर्वसम्मत निर्वाचित भएका छन् ।
समितिको शुक्रबार भएको ९ औं साधारणसभा एवम् अधिवेशनले अन्सारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा मुस्ताफा अन्सारी, सचिवमा जाहगीर सेख, कोषाध्यक्षमा सैयदिन मिया चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा अलिराज हुसैन, रुस्तम हुसैन, रियाज अन्सारी, इमान मिया, कारी अब्बास मिया, अन्जर शाह र नासिर अन्सारी चुनिएका छन् । नयाँ समितिको कार्यकाल ३ वर्षको हुनेछ । मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।







