हेटौंडाको राप्ती रोडमा मृग घाइते अवस्थामा फेला

अखबार हब
२०८१ फाल्गुन १६, शुक्रबार ११:३०

हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा- १० राप्तीरोड स्थित नेपाल टेलिकम अगाडी पुर्वपश्चिम राजमार्गमा मृग घाइते अवस्थामा फेला परेको छ ।

शुक्रबार बिहान ६ बजेको समयमा हेटौंडाको राप्तीरोड स्थित पुर्वपश्चिम सडक खण्डमा घाइते अवस्थामा फेला परेको मृगलाई उद्वार गरि उपचारको लागि पशु सेवा कार्यालय हेटौंडा लगिएको मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए ।

हाल मृगको पशु सेवा कार्यालय हेटौंडामा उपचार भइरहेको र डिभिजन वन कार्यालय मकवानपुरलाई जिम्मा लगाएको प्रवक्ता अर्यालले बताए । मृग के- कसरी घाईते भएको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*