भीरबाट लडेर मकवानपुरका पाख्रिनको मृत्यु
हेटौंडा । मकवानपुरको थाहानगरपालिकामा एक जनाको भीरबाट लडेर मृत्यु भएको छ । थाहानगरपालिका वडा नम्बर-५ नलिबन बस्ने ३२ बर्षिय राजकुमार पाख्रिनको भीरबाट लडेर मृत्यु भएको हो ।
बुधबार बेलुका थाहानगरपालिका वडा नम्बर – ८ दामगढी स्थित माईला ससुरा अमरबहादुर थिङको छोरीको बिवाहको भोज खाई फर्जदै गर्दा थाहा – ७ भट्टीडाडा स्थित पार्वती गोलेको खाजाघर नजिक पिसाब गर्न गएको अवस्थामा भीरबाट दुईसय मिटर तल लडी घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
घटनाको प्रारम्भिक अनुसन्धान गरि शव पोष्टमार्टमको लागि हेटौंडा अस्पताल ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।







