स्थलगत अवलोकनमा वन मन्त्री सिलवाल
हेटौंडा । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले मन्त्रालय अन्तरगर्तका कार्यालयले गरेको कामहरुको स्थलगत अवलोकन गरेका छन् ।
आईतवार मन्त्री सिलवालले भू तथा जलाधार ब्यवस्थापन कार्यालय मकवानपुरले बागमती गाउँपालिकाको विभिन्न वडाहरुमा आफ्ना कार्यालयहरुले गरेको काम तथा योजनाको कार्यन्ययनको स्थितीबारे बुझ्न स्थलगत अवलोकन गरेका हुन् ।
अवलोकनको क्रममा मन्त्री सिलवालले स्थानीय समस्याहरुको सहजीकरणको निम्ति सदैव क्रियाशिल रहने प्रतिबद्धता समेत व्यक्त गरे । उनले हाल मन्त्रालय अन्तरगर्त रहेको कार्यालयले गरेको कामहरु छिटाे छरिटाे सम्पन गर्न समेत आफ्ना माताहातको कर्मचारीलाई आग्रह गरेका छन् ।
स्थलगत अवलोकनको दौरान उनले बागमती गाउँपालिका स्थित राईगाउँमा बसोबास गर्ने स्थानीयसँगसमेत छलफल गरेका थिए । स्थानीयसँगको छलफलको क्रममा स्थानीयले आफ्नो मुख्य समस्यको रुपमा पुलको आवश्यकता रहेको बताएका थिए । उनिहरुले बर्षाको समयमा कुवाको भ्यागुतो जसरी बस्नुपरेको गुनासो सुनाए । उक्त स्थानमा पुल नहुँदा बर्षाको समयमा आवज जावतमा गर्न नपाएको भन्दै पुल बनाउनु पर्ने भन्दौ आफ्नो समस्या ब्यक्त गरेका थिए ।
मन्त्री सिलवालले स्थानीयहरुको समस्या सम्बन्धित निकायमा जानकारी गराउने र आफ्नो मन्त्रालयबाट हुन सक्ने कामहरु गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
यस्तै बागमती प्रदेश संसद प्रेमबहादुर पुलामी (छिन्तु) ले स्थानीय स्तरको समस्या समाधानको निम्ति सधै आफू समेत तत्पर रहेको र निरंतरता लगिरहने बताए । कार्यक्रममा बागमती गाउँपलिकाको अध्यक्ष सर्केश घलान, वडाध्यक्षहरु, भू तथा जलाधार ब्यवस्थापन कार्यालयका कर्मचारी तथा स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।







