लापसे गरी सवारी साधन चलाउँने चालक मकवानपुर प्रहरीको फन्दामा

अखबार हब
२०८१ माघ १८, शुक्रबार २२:४८

हेटौंडा । लागू पदार्थ सेवनगरी सवारी साधन चलाउने चालक मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहिवार मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर -१ बागझोराबाट लागू पदार्थ सेवनगरी सवारी साधन चलाउने दुई जना चालक मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भिमफेदी गाँउपालिका वडा नं. १ बाघझोरा स्थित त्रिभुवन सडक खण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा ना १ ज ५४४६ नं.को सुमो चालक काठमाडौं दक्षिणकाली नगरपालिका वडा नम्बर-७ बस्ने बर्ष ३५ को सन्तोष संजेल र ललितपुर गोदावरी- ४ बस्ने बर्ष ३६ को सुविन पहरीलाई ड्रग्स टेष्ट किटबाट स्वास्थ्य परिक्षण गर्दा लागुऔषध सेवन गरेको पाइएकोले नियन्त्रणमा लिएरको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएको दुबैजना माथि मकवानपुर जिल्ला अदालत बाट दश दिन म्याद थपको अनुमती लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*