प्रेस सेन्टर मकवानपुरको अध्यक्षमा शर्मा, सचीवमा पराजुली
हेटौंडा। प्रेस सेन्टर नेपाल मकवानपुरको अध्यक्षमा यमप्रसाद शर्मा (एमपी) सर्वसम्मत चयन भएका छन् ।
शनिबार हेटौंडामा भएको छैठौं अधिवेशनले शर्माको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
प्रेस सेन्टर मकवानपुरको उपाध्यक्षमा अशोकसुजन श्रेष्ठ र नवराज वाईबा, सचिवमा अनिल पराजुली, सहसचिवमा जमुना थिङ र सुरेश बल, कोषाध्यक्षमा राजेश थापा (गरिब) चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सुमित विक, राजकुमार स्याङ्बो, केदार ढकाल, आशिष बल, युवराज बिमली, सीता कोइराला, विवेक सिन्तान चयन भएको छ । थप सदस्य कार्यसमितिको पहिलो बैठकले मनोनित गर्ने जनाएको छ ।
प्रेस सेन्टर नेपाल मकवानपुरकी निवर्तमान अध्यक्ष अञ्जली थापाको अध्यक्षता तथा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन कार्यक्रम भएको थियो ।







