हेटौंडाको लामसुरेमा मृत भेटिए बल
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर-९ लामसुरेमा एक जना पुरुष मृत अवस्थामा फेला परेको छ ।
हेटौंडा- १३ बस्ने अन्दाजी ६०/६२ बर्षिय मिनबहादुर बल हेटौंडा सिमेन्ट उद्योगको मोडको नालामा मृत अवस्थामा फेला परेको हो ।
बुधबार साँझ ६ बजेको समयमा बल हेटौंडा सिमेन्ट उद्योगको मोडको नालामा घोप्टो परि मृत रहेको अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ । घटनाको प्रारम्भिक अनुसन्धान गरि शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।







