भिमफेदीमा भिरबाट लडेर महिलाको मृत्यु
हेटौंडा। मकवानपुरको भिमफेदीमा भिरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ ।
जिल्लाको भिमफेदी गाउँपालिका वडा नम्बर–३ ईचुङ स्थित घट्टेपाखा भिरबाट लडेर स्थानीय ५३ वर्षिया चमेली माया पाख्रिनको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
शनिबार घर नजिकै रहेको जङ्गलमा घाँस काट्न गएका उनी चिप्लिएर भिरबाट खसेकी मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । शव पोष्टमार्टमको लागी हेटौंडा अस्पताल ल्याईएको छ ।







