राष्ट्रपति पौडेल आज बकैयाको लेनडाँडा आउँदै

अखबार हब
२०८१ माघ ४, शुक्रबार ०७:५९

हेटौंडा । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेश द्रुतमार्गको निर्माण कार्यको अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल आज मकवानपुर आउने भएका छन ।

राष्ट्रपति पौडेल बिहान ९ः३० बजे नेपाली सेनाको हेलिकप्टरमार्फत बकैया–११ स्थित लेनडाँडा आइपुग्ने जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए ।

द्रुतमार्ग निर्माणको प्रगति र चुनौतीहरूको बारेमा जानकारी लिने उद्देश्यले राष्ट्रपति पौडेलले यो भ्रमण गर्न लागेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*