अटिजम सेन्टरलाई ट्रेम्पलिन सामग्री

अखबार हब
२०८१ बैशाख ४, मंगलवार १९:४५

मकवानपुर । रोटरी क्लव अफ मकवानपुरले हेटौडा उपमहानगरपालिका- ४ हुप्राचौर रहेकाे अटिजम सेन्टरलाई खेल सामग्री हस्तान्तरण गरेकाे छ ।

क्लबले अटिजम सेन्टरका लागि ५० हजार रुपियाँ बराबरको ट्रेम्पलिन खेल सामाग्रि वितरण गरेको हाे ।

मंगलबार सेन्टरमा रहेका २४ जना बिद्यार्थीका लागि आवश्यक विभिन्न प्रकारका खेलकुद सामग्री हस्तान्तरण गरेकाे थियाे ।
कार्यक्रममा रोटरी क्लव अफ मकवानपुरका अध्यक्ष अन्जनी कुमार पराजुलीले स्वागत मंन्तब्य राख्दै अटिजम जस्तो संवेदनसिल क्षेत्रमा सहयोग गर्न पाउँदा खुशी लागेको बताए । उनले सामग्री हस्तान्तरणकाे प्रबन्ध मिलाउनेलाई धन्यवाद दिए । खेलकुद सामग्री हस्तान्तरणमा सहयाेग गर्ने रंन्जित श्रेष्ठ प्रति सदैव कृतज्ञ रहने अध्यक्ष पराजुलीले बताए ।

कार्यक्रममा खेलसामग्रीकाे प्रबन्ध मिलाउने रोटरी क्लव अफ धुलिखेलका बर्ष २०१४/१५ का अध्यक्ष रंन्जित श्रेष्ठले आफ्नो परिवारमा भित्र पनि अटिजमकाे समस्या रहेकाले आफु केही बर्षदेखि यस क्षेत्रमा सक्रिय रुपमा लागेको बताए । उनले यसक्षेत्रका लागि सदैव सहयोग गर्न तत्पर रहेकाे बताए । यस्ता रोगबाट हाल धेरै बालबालिकाहरु प्रणातिद हुदै गएकाे भन्दै र बालबालिकाले सहज ढंगबाट जिवन यापन गर्ने वातावरण बनाउन सबै तहका मानिसहरु लाग्नुपर्ने बताए ।

कार्यक्रममा अटिजम सेन्टरका संन्चालक उमा पौडेलले सामग्री सहयाेग गर्ने रोटरी क्लव अफ धुलिखेलका बर्ष २०१४/१५ का अध्यक्ष रंन्जित श्रेष्ठ र रोटरी क्लब अफ मकवानपुरलाई विशेष धन्यबाद दिईन्।

रोटरी क्लव अफ मकवानपुर अध्यक्ष अन्जनीकुमार पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लव अफ धुलिखेलका बर्ष २०१४/१५ का अध्यक्ष रंन्जित श्रेष्ठ बिशेष आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रममा रोटरी क्लव अफ पशुपति काठमाण्डौका निबर्तमान अध्यक्ष भुवन सिंह कुवर, उधोग बाणिज्य संघ मकवानपुरका पुर्व अध्यक्ष जिवनकाजी मकाजु , रोटरी क्लव अफ मकवानपुर ईलेक्टेड अध्यक्ष अनिल अग्रवाल, महासचिव मनोज ढोडारी, कोषाध्यक्ष पवन तिमिल्सिना, रोटरियनहरु कमल मैनालि, शिवकुमार कार्कि, अटिजम सेन्टरका संन्चालक उमा पौडेल, नीश्ला श्रेष्ठ लगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*