ठेक्का लिएर काम नगर्ने काँग्रेस नेता इन्द्र बानियाँको फोटो टाँगेर विरोध
मकवानपुर । पुल निमार्णको ठेक्का लिएर काम नगर्ने काँग्रेस बागमती प्रदेशका सभापति एवम् प्रदेश सांसद इन्द्रबहादुर बानियाँको फोटोसहितको व्यानर राखेर पाँच राजनितिक दलले विरोध प्रदर्शन गरेका छन् ।
शुक्रबार मनहरी गाउँपालिकाको विभिन्न वडामा निमार्णमको जिम्मा पाएर काम अलपत्र पार्ने बानियाँ लगाएतका ठेकेदारहरुको फोटो सहितको व्यानर राखेर पाँच राजनितिक दलले विरोध जनाएका हुन् ।
मनहरी गाउँपालिकामा निमार्ण गर्ने भनिएको ४ वटा पुल निमार्णको जिम्मा बानियाँ जेभीले पाएको छ जुन ठेक्का कम्पनी काँगे्रस नेता इन्द्रबहादुर बानियाँको हो भने अर्को एक पुल निमार्णको जिम्मा ठेकेदार शिव चौलागाईंको हो ।
पुल निर्माण गर्नका लागि बानियाँको कम्पनिले ठेक्क लिएपनि काममा धेरैनै ढिलासुस्ती गरेको, तोकिएको समयमा काम सम्पन्न नगरेको भन्दै पाँच दलले बिरोधको नयाँ शैली अनुसार व्यानरमा फोटो रोखेर प्रर्दशन गरेका हुन् । उनी सहितका ठेकेदारहरुको पनि नाम र फोटो राखेर काम सम्पन्न नगरी अलपत्र पारेको निर्माण स्थलमा प्रर्दशन गरेको नेकपा एमाले मनहरी गाउँपालिकाका अध्यक्ष नविन सुवेदीले जानकारी दिए ।
मनहरी गाउँपालिकामा एक पछी अर्को अनियमितताका विषयमा पाँच राजनैतिक दलहरुले ध्यानाकर्षण गराए पनि पालिकाले कुनैपनि चासो नदेखाएकाले ठेकेदारको फोटोसहित विरोध प्रर्दशन गरेका हुन् । मनहरी गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधीहरुको मिलेमतोमा नदिजन्य पदार्थमा गरिएको राजश्व छुट,पाडी वितरणमा भएको अनियमितता, मनहरी अस्पताल निमार्णमा भइरहेको ढिलासुस्ती लगायतका विषयमा पाँच दलका नेताहरुले संयुक्त रुपमा हस्ताक्षर गरेर गाउँपालिकाका अध्यक्षको ध्यानाकर्षण गाएको राष्ट्रिय स्वतन्त्र पार्टी मनहरीका सभापति गोविन्द सापकोटाले बताए ।
संयुक्त रुपमा ध्यानाकर्षण गराउँदासमेत पालिका यस विषयमा अटेर गरे चरणबद्ध आन्दोलन गर्ने पाँच राजनितिक दलले बताएको छ ।
दबाव यात्रा नाम दिएर सुरु गरेको विरोध प्रदर्शन वडा नम्बर १ बाट सुरु भएर वडा नं. २,३,४ हुँदै पालिकाको कार्यालयमा पुगि कोण सभामा परिणत भएको थियो । दबाव यात्रामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा),नेकपा एकीकृत समाजवादि मनहरी गाउँपालिका लगायत स्थानियको सहभागिता रहेको थियो ।










