नक्कली नोट सहित एक जना निजगढबाट पक्राउ

अखबार हब
२०८० फाल्गुन ११, शुक्रबार ११:१४

बारा। बाराको निजगढ नगरपालिका-९  स्थित बजारमा नक्कली नोट दिइ सामान खरिद गर्दैगरेको अवस्थामा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको बारागढी गाउँपालिका-२ दौरवा बस्ने ३४ वर्षीय दिपेन्द्र माझीलाई नक्कली भारतीय नोटसहित प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनको साथबाट एक हजार दरका दुई थान नोट गरी दुई हजार नक्कली भारतीय रुपैयाँ सहित नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*