रास्वपा नगर उपसभापतिमा कुँवर

अखबार हब
२०८० माघ २०, शनिबार २३:१२

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) हेटौंडा उपमहानगर पालिका उपसभापतिमा हरिबहादुर कुँवर चयन भएका छन् ।

रास्वपा हेटौंडा नगर समितिको आज बसेको बैठकले कुँवरलाई उपमहानगरको उपसभापतिमा चयन गरेको हो ।

बैठकले हालका उपसभापति सपना कँडेल कार्यब्यस्थताका कारण जिल्ला बाहिर रहनु परेकाले कुँवरलाई चयन गरिएको नगर सचिव प्रेम लामिछानेले जानकारी दिए ।

पार्टी जिल्ला सभापति भरत पराजुलीको प्रमुख आतिथ्यतामा भएको बैठकले नगरमा बाकी रहेका वडामा फागुन भित्र सङ्गठन विस्तार गर्ने, वडाहरुमा रचनात्मक गतिविधि गर्ने, नगर भित्र आर्थिक लाभ हुने तालिम प्रदान गरिने नगर सभापति ध्रुर्व बिष्ठले बताए ।

साथै बैठकले केन्द्रबाट विशेष राजनीतिक प्रशिक्षकको माग गर्ने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*