मनहरीमा ट्रकको ठक्करबाट बालकको मृत्यु

अखबार हब
२०८० मंसिर २८, बिहीबार १२:१७

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ वर्षीय उमेश प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

स्थानीय राष्ट्रिय आधारभुत विद्यालय रमनटारमा अध्ययनरत प्रजालाई ना ५ ख ३७८३ नम्बरको ट्रकले ठक्कर दिएको हो । ट्रकको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए ।

उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*