रास्वपा मकवानपुरको घरदैलो

अखबार हब
२०८० मंसिर ४, सोमबार २०:०४

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मकवानपुरले जिल्लाका दसवटै स्थानीय तहमा घरदैलो गरेको छ ।

निर्वाचन भएको एक बर्ष पुराभएको अवसरमा केन्द्रिय निर्देशन बमोजिम मङ्सिर २ गतेदेखि घरदैलो कार्यक्रमको आयोजना गरेको हो । पार्टीले मङ्सिर २ गतेदेखि आजसम्म  मकवानपुरका सबै पालिकामा घरदैलो कार्यक्रम गरेको छ ।

घरदैलोमा जनताका सुझाव र गुणासो सुन्ने कार्यक्रम रहेको थियो।

रास्वपा मकवानपुरका सभापति भरत पराजुलीले निर्धक्क भएर सल्लाह, सुझाव दिन मतदातालाई अनुरोध गरेका थिए । आफूहरुलाई निरन्तर खवरदारी र मार्गनिर्देशन गर्न साथै चुनाव को समयमामात्र पाहुना जस्तो गरी भोट माग्दै आउने अघि पछि सहरमा रमाउने नेतालाई भोट दिएर देशको बिकास गर्न सम्भव नभएको बताएका छन् । राजनितिक कर्मिले जनताका समस्या समाधान गर्न हरपल हरक्षण जनताको साथमा रहने भन्दै त्यस्ता  व्यक्ति बाट मात्र  देशको विकास हुने बताए ।

घरदैलो कार्यक्रमा मकवानपुर क्षेत्र नं  १ प्रत्यक्ष तर्फका उम्मेदवार बाट टाकाराज थापा (सुरेश), क्षेत्र नं  २ प्रत्यक्ष तर्फका उम्मेदवार भरत पराजुली, समानुपातिक उम्मेदवार सुनीता राई,  जिल्ला उपसभापति प्रकाश गौतम, क्षेत्रीय सभापति संजीब पाठक साथै पालिका सभापतिहरू , वडा सभापति लगायत विभिन्न विभागिय जिम्मा पाएका ब्यक्तिहरूको सहभागी गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*