हेटौंडामा सवारी दुर्घटना, सहचालकको मृत्यु

अखबार हब
२०८० आश्विन २३, मंगलवार १५:५५

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० कर्राचोक नजिक क्रेन दुर्घटना हुदा सोही क्रेनका सहचालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्ला पर्सा विरगञ्ज महानगरपालिका वडा नम्बर ३० लाल पर्सा बस्ने २८ वर्षिया बाबु पासवान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मंगलबार दिनको १ः४५ बजेको समयमा कर्राचोक नजिक प्रदेश २–०३००१ क २०२४ नम्बरको क्रेन ब्याक गर्ने क्रममा सोही क्रेनको सहचालकलाई किच्दा गम्भिर घाईते भएका थिए । उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । क्रेन चालक प्रहरी नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*