मकवानपुरमा चाडपर्व लक्षित गर्दै ८ सय १७ जना प्रहरी परिचालन
मकवानपुर । मकवानपुर प्रहरीले आउँदै गरेको चाडपर्वलाई लक्षित गरेर सुरक्षा योजना तयार पारेको छ ।
चाडपर्वका समयमा प्रहरी समेत थप गरेर सुरक्षा योजना तयार पारिएको आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
चाडपर्वको समयमा मकवानपुर जिल्लामा ८ सय १४ जना प्रहरी परिचालन गरिने प्रहरी उपरिक्षक सीताराम रिजालले जानकारी दिए ।
प्रहरीले चाडपर्वको समयमा हुनसक्ने चोरी, डकैती, लुटपाट, ठगी तथा सवारी दुर्घटनालगायतको गतिविधि रोक्न मकवानपुर जिल्लामा सुरक्षा योजना लागू गरेको हो ।
यात्रुको सहजताका हेटौंडा बजारभर चार स्थानमा ‘नागरिक सहायत कक्ष’ स्थापना गरिएको उनले बताए । मधेश र बागमती प्रदेशको सीमाना जोडिएको हेटौंडा–१५, रातोमाटेमा विशेष चेकजाँच, हेटौंडा–११, थानाभर्याङमा सवारी चालकलाई रिफ्रेस र परिवर्तन भए नभएको हेर्ने गरी डेस्क स्थापना, हेटौंडा–१ स्थित त्रिभुवनराजपथमा सुमोका यात्रुलाई सहजता प्रदान गर्ने गरी र हेटौंडा–१०, बसपार्कमा यात्रुबाहक सवारीको परीक्षण गर्ने प्रहरीको योजना छ ।
प्रहरी प्रमुख उपरीक्षक सीताराम रिजालले चाडपर्वको समयमा यात्रुसँग बढी भाडा असुल गर्ने र विचौलियालाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।
राज्यले तोकेकोभन्दा बढी भाडा लिने र कालोबजारी गर्नेलाई हदैसम्मको कारबाही गर्ने बताएका छन् । उनले रुट परमिटका कारण धेरै सवारी चाडपर्वको समयमा हुने गरेको जानकारीमा आएकाले त्यसलाई कसरी ‘कन्ट्रोल’ गर्ने भन्ने विषयमा योजना बनाइने बताए ।







