हेटौंडामा शहिद आकाश मेमोरियल कलेज सञ्चालन, बिआइटी र बिबिए अध्यापन गराइने

अखबार हब
२०८० आश्विन १६, मंगलवार १९:५८

मकवानपुर । पछिल्लो समय शैशिक्ष हबको रुपमा विकास भइरहेको बागमती प्रदेशको राजधानी हेटौंडामा उच्च शिक्षा आध्यापन गराउने उदे्श्यका साथ शहिद आकास मेमोरियल क्याम्पस सञ्चालनमा आउने भएको छ ।

शहिद एकनाथ सुवेदी (आकास) स्मृति प्रतिष्ठानले सञ्चालन गर्न लागेको शहिद आकास मेमोरियल क्याम्पसमा टेक्निकल बिषयहरु पढाउने उद्देश्यले हेटौंडा ५ स्थित रिलायन्स स्कुलको प्राङ्गणमा सञ्चालन गरिने मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

पुर्वाञ्चल विश्वविद्यालयबाट असोज ८ गते सम्बन्धन प्राप्त गरि यसै शैक्षिक सत्रबाट स्नातक तहको बिआइटी (ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी) र बिबिए (ब्याचलर अफ बिजनेस एड्मिनिस्ट्रेसन) गरि दुईवटा बिषयको अध्यापन सुरु गर्न लागेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष विजय गौतमलले जानकारी दिए । टेक्निकल बिषय पढ्नका लागि बिदेश जाने लहर बढेकोले सो क्रमलाई कमी ल्याउने उद्देश्यले क्याम्पसले भविष्यमासमेत अन्य टेक्निकल बिषयमा अध्यापन गराउने लक्ष्य रहेको अध्यक्ष गौतमले बताए ।

क्याम्पसले चार बर्षे बिआइटी कोर्सका लागि ५ लाख ३५ हजार रुपैयाँ र चार बर्षे बिबिए कोर्सका लागि ४ लाख २५ हजार रुपैयाँ शुल्क तोकेको छ । यस्तै क्याम्पसले लक्षित वर्गका लागि दश प्रतिशत विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था मिलाएको जानकारी दिएको छ । मंगलबार बसेको क्याम्पस बोर्ड बैठक मार्फत नै शुभारम्भ गरिसकिएकोले भर्ना लिने काम शुरु गरिने प्रतिष्ठानले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*