प्रधानमन्त्री प्रचण्डद्धारा १९ औं एसियाली खेलकुदमा सहभागी नेपाली टिमलाई बधाई

अखबार हब
२०८० आश्विन १६, मंगलवार १२:५५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १९ औं एसियाली खेलकुदमा सहभागी नेपाली क्रिकेट नेपाली टोलीलाई बधाई दिएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले मंगोलिया र माल्दिभ्ससँगको प्रतिस्पर्धामा नेपालले कीर्तिमानसहित प्राप्त गरेको सफलताप्रति र भारतसंग गरेको उत्कृष्ट प्रर्दशनप्रति खुसी व्यक्त गर्दै बधाई दिएका हुन् ।

उनले लेखेका छन्,‘१९ औं एसियाली खेलकुद प्रतियोगितामा मंगोलिया र माल्दिभ्ससँगको प्रतिस्पर्धामा कीर्तिमानसहित प्राप्त गरेको सफलताप्रति हार्दिक बधाइ। साथै आज बिहान भारतसँग भएको खेलमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टिमलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।’

आज नेपाल भारतसँग नेपाल २३ रनले पराजित भएको थियो । १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतसँग नेपाल पराजित भएको हो ।

भारतले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याउदै नेपाल २३ रनले पराजित हुन पुुगेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*