एमाले बागमतीमा सर्वसम्मतिको प्रयास असफल,आज मतदान हुँदै

अखबार हब
२०८० आश्विन १२, शुक्रबार १०:१२

काठमाडौं । नेकपा (एमाले) बागमतीको जारी अधिवेशनअन्तर्गत मतदान आज हुँदै छ ।

असोज ९ गते नै नेतृत्व चयनको तयारी गरेको एमालेले सर्वसम्मतिको प्रयास लम्बिँदा निर्वाचन धकेलिएको हो ।

शुक्रबार बिहान ८ बजेबाट मतदान सुरू हुने छ ।

बागमती प्रदेशको आगामी नेतृत्वका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलकाबीच प्रतिष्पर्धा हुँदै छ ।

अध्यक्षका लागि निवर्तमान अध्यक्ष केशव पाण्डे, बागमती प्रदेशका पूर्व सभामुख सानुकुमार श्रेष्ठ, केन्द्रीय सदस्य दाहाल र ढुंगेलले उम्मेदवारी दिएका थिए । त्यस्तै रामेछापका केशरबहादुर बुढाथोकीले पनि उम्मेदवारी दिएका थिए ।

सानु श्रेष्ठ, केशव पाण्डे र केशरबहादुर बुडाथोकीले बिहीबार उम्मेदवारी फिर्ता लिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*