राक्सिराङमा १५ बिगाहा गाँजा खेती नष्ट

अखबार हब
२०८० आश्विन ९, मंगलवार १९:३५

मकवानपुर । प्रहरीले मकवानपुरको विकट मानिएको क्षेत्र राक्सिराङ्गमा १५ बिगाहा अवैध आगूऔषध गाँजा खेती नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले राक्सिराङ्ग गाउँपालिका वडा नं.४,५ र ९ मा लगाईएको १५ बिगाहा अवैध लागूऔषध गाँजा फडानी गरि नष्ट गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार राक्सिराङ्ग गाउँपालिकाको तीन वटा वडामा तीन दिन लगाएर १५ विगाहा गाँजा फडानी गरि नष्ट गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*