चोरीको मोटरसाइकल सहित स्याङतान पक्राउ

अखबार हब
२०८० आश्विन ७, आईतवार १८:०९

मकवानपुर । मकवानपुर प्रहरीले चोरीकोे मोटरसाइकल सहित एक जनालाई पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाटबा. प्र. ०३–००१ प ३४५९ नम्वरको १५५ सिसिको निलो रङको एमटी १५ मोटरसाइकल सहित सर्लाही बरहथवा नगरपालिका वडा नंं.३ मुर्तिया बस्ने ३८ बर्षीय दुर्गा बहादुर स्याङतानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार उक्त मोटरसाइकल शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नं.१० टिसीएन रोड बस्ने २९ बर्षी अशोक कुमार सिहको घरमा पार्किङ्ग गरेर राखेको अवस्थामा चोरी भएको थियो । सिहले मोटरसाइकल चोरी भएको प्रहरीमा निवेदन दिएपछि प्रहरीले जिल्लाभरको नाकामा चेकजाँच कडा बनाएको थियो ।

खोजतलास गर्ने क्रममा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको टोलीले शनिबार राती हेटौंडा–१५ रातोमाटे चेकपोष्ट अगाडी सडकमा चेकजाँच गर्ने क्रममा उक्त चोरी भएको मोटरसाइकल सहित स्याङतानलाई पक्राउ गरेको हो । उक्त चोरीको मोटरसाइकल सहित स्याङतानलाई आवश्यक कारवाही र अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याईएको प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*