शिक्षक आन्दोलनको तेस्रो दिन : कहिले प्रर्दशन कहिले नाचगान

अखबार हब
२०८० आश्विन ५, शुक्रबार १६:२७

काठमाडौं । आन्दोलनरत शिक्षकहरूले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।

यही असोज ३ गतेदेखि, काठमाडांै केन्द्रित विरोधका कार्यक्रम गर्दै आएका शिक्षकहरुले आज पनि काठमाडौंको माइतीघरदेखि, बानेश्वरसम्म विरोध प्रर्दशन गरेका हुन् ।

विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले आह्वान गरेको विरोध प्रर्दशनमा सहभागिहरुले नाच गानसहित विधेयकको विरोध गरेका छन् ।
आफ्नो माग पुरा नभएसम्म आन्दोलन नरोक्ने उनिहरुको भनाई छ ।

उनीहरुको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको यातायात सेवा भने प्रभावित भएको छ । जसका कारण यात्रुलाई सास्ती भएको छ ।

यसैबीच सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता गृहमन्त्रालमा चलिरहेको छ । विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुले १७ बुँदे माग अघि सारेका छन् । आफूहरूका मागका बारेमा शिक्षक संगठनका प्रतिनिधिहरूले बिहीबार बिहान र साँझ तथा आज शुक्रबार बिहान पनि मन्त्रीहरुसँग छलफल गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*