पत्रकार बन्धक बनाएर मनहरी गाउँपालिका अध्यक्ष कालाखेतीको पत्रकार सम्मेलन

अखबार हब
२०८० भाद्र ३०, शनिबार १९:४६

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले पत्रकारलाई बन्धक बनाएर पत्रकार सम्मेलन गरेका छन् ।

शनिबार मनहरी गाउँपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा पुगेका सञ्चारकर्मीहरुलाई हलमा बन्द गरेर पत्रकार सम्मेलन गरेका छन ।

शुक्रबार अखबारहव डटकमले प्रकाशित गरेको समाचारप्रती आपत्ती जनाउदै बोलाइएको पत्रकार सम्मेलनामा पत्रकारलाई स्थानीय दुई सय भन्दा बढी युवा तथा क्रसर व्यवसायीको प्रयोग गरि अघोषित रुपमा बन्धक बनाएको हो ।

उक्त पत्रकार सम्मेलनमा पत्रकारहरुलाई असुरक्षाको अवस्था सृजना भएपछी जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय मनहरिबाट प्रहरी सम्मेलन स्थलमा पुगेर सुरक्षा दिइएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मि भण्डारिले भने गाउँपालिकामा पत्रकारलाई बाहिर निस्कन नदिई जबर्जस्ति पत्रकार सम्मेलन गर्न खोजेको गुनासो प्राप्त भएपछि हामीले जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयबाट प्रहरी पठाएको बताए ।

पत्रकार सम्मेलनमा सहभागी एक पत्रकारले भने गाउँपालिकाले सयांैको संख्यामा क्रसर ब्यवसायी र युवाहरु जम्मा पारेको रहेछ । पत्रकार सम्मेलनमा असुरक्षा महसुस भएपछि सुरक्षा निकायलाई जानकारी गरायौं र प्रहरीको सुरक्षाका बिच पत्रकार सम्मेलनको सुरु भयो ।

यता पालिका अध्यक्ष कालाखेतीले भने पत्रकार सम्मेलन गर्ने सूचना आफ्नो अफिसियल पेजमा राखेकै कारण युवाहरु कार्यक्रम स्थलमा आएको दाबी गरे । अध्यक्षले आफ्नो बाहुबल देखाउनका लागि त्यस्तो प्रपन्च रचिएको कतिपयले आरोप लगाएका छन् ।

यो पनि…

क्रसर व्यवसायी पोस्न अध्यक्ष कालाखेतीले गरे पालिकाको १६ करोड राजस्व हिनामिना https://www.akhabarhub.com/2023/09/26871/

यसमा तपाइको मत

Your email address will not be published.


*