नक्कली नोटसहित हेटौंडाबाट तीन जना पक्राउ

अखबार हब
२०८० भाद्र १५, शुक्रबार १८:३७

मकवानपुर । नक्कली नोटसहित हेटौंडाबाट तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक हजार दरका ९५ वटा नक्कली नोटसहित दुईजना पक्राउ परेका छन् । पैदल हिँडिरहेका रौतहटको कटहरिया नगरपालिका ६ बस्ने १९ वर्षीय धर्मेन्द्र महरा र २१ बर्षीय दिपेश दासलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

उनीहरु दुवैजनालाई हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर क्षेत्रस्थित सडकबाट प्रहरीले पक्राउ गरेको हो । दुवैजनालाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा ल्याएर सोधपुछ गर्दा नकक्ली नोट मकवानपुरको राक्सिराङ गाउँपालिका–२ बस्ने ४० वर्षीय विजय तामाङबाट ल्याएको बयान दिएका थिए ।

त्यसपछि उनलाई पनि इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले पक्राउ गरेर अन्य दुईजनासहितलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*