रैथाने हाट मेला काठमाडौंमा, कालिखोला कोदो पिठोको माग बढी
मकवानपुर । काठमाडौंको दरबार मार्ग ओरियन्ट क्याफेमा प्रत्येक शनिबार लाग्ने स्थानीय कृषि उत्पादन ‘रैथाने हाटबजार’ मेलामा मकवानपुरगढी गाउँपलिकाले पनि आफ्नो पालिका भित्र उत्पादन भएका बिभिन्न रैथानेबालि तथा सामाग्रीहरुको प्रदर्सनी तथा बिक्रि वितरण गरेको छ ।
मकवानपुरगढीमा उत्पादन भएका रैथाने कृषि बालि कोदोको पिठो, बेसार, कोदोको दाना, लसुन, फापर, गेडागुडी तथा स्थानिय स्तरमा उत्पादन भएको बास, बेद र निगालो बाट बनेका हस्तकला सामाग्रीहरुको शनिवार दरबार मार्गमा प्रदर्सनी तथा बिक्रि वितरण गरिएको हो । ‘रैथाने कृषि हाटबजार’ नाम दिइएको यो मेला प्रत्येक शनिबार बिहान ६ बजेदेखि दिउसो १२ बजेसम्म लाग्ने गर्छ ।
हाटबजार भएको कार्यक्रमा बोल्दै मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानले रैथाने बाली संरक्षण गर्नको लागि बागमती प्रदेशको राजधानी हेटौंडामा पनि यस्तो बजारको आवश्यकता रहेको र स्थानीय सरकारले अब कृषि क्षेत्रमा वितरण मुखी नभई न उत्पादनमा जोडिनु पर्ने बताए । उनले नेपालको पहिचान र स्वास्थ्यको हिसावले पनि औषधिमय भएको यो रैथाने बालीहरू पछिल्लो समय मासिदै गएकोमा पनि चिन्ता व्यक्त गरे । यस्तो हाट बजार सिधै किसान र उत्पादन संगै जोडिएकाले देश भरिका सबै स्थानीय तहसम्म सञ्चालन गर्न पर्ने भएकाले अब तिनै तहको सरकाले यो कार्यमा अगाडी बढन पर्ने बताउनु भयो । रैथानेबाली गाउँका गरिबले खाने खानाको पहिचान बनेको तर, स्वास्थ्यका हिसाबले सबैभन्दा राम्रो स्थानीय रैथाने कृषि उत्पादन रहेकोसमेत बताए ।
‘रैथाने हाटबजार’ मेलामा मकवानपुरगढी गाउपलिकाको सबै भन्दा बढी कलिकोला कोदोको पिठोको माग भएको थियो । गाउँ भन्दा सहरमा कोदोको पिठोको महत्वपूर्ण मानिएको र गाउँमा भन्दा सहरमा कोदोको महत्व बढी देखिएको मकवानपुरगढी गाउपलिका कृषि साखा प्रमुख चन्द्रकान्त चौधरीले बताए । पछिल्लो समय होटल, रेष्टुराँ र रिसोर्टमासमेत कोदोको ढिँडोको माग बढ्दै गएपछि कोदोको पिठोको माग बढेको चौधरीले बताए ।







