२ करोड लागतमा हेटौंडाको ठुलोदमारमा प्रहरी चौकी निर्माण
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१८ ठुलो दमारमा प्रहरी चौकि निर्माण गरिएको छ । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको २ करोड ३५ लाख ८६ हजार रुपैयाँ लागतमा प्रहरी चौकि निर्माण गरिएको हो ।
नव निर्मित प्रहरी चौकिको प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बुधबार उद्घाटन गरेका हुन् । पहिले निकै समस्या झेल्दै प्रहरी बस्नुपर्ने बाध्यता भएपनि भवन बनेसँगै अब सहज हुने भएको छ ।
कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी मगर, हेटौडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामा, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव ध्रुव गैडा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाई, बागमती प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब महानिरिक्षक किरण राणा, हेटौंडा–१८ का वडा अध्यक्ष अनिल बानियाँ, जिल्ला स्थित सरकारी कार्यालयका कार्यालय प्रमुखहरु, सुरक्षा निकायका प्रमुख, राजनैतिक दलका प्रतिनिधीहरु, स्थानिय जनप्रतिनिधीहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधीहरु, समाजसेवी, शिक्षक, बुद्धिजिवी लगायतकाको उपस्थिती रहेको थियो ।







