नागस्वतीमा ३९ जनाले गरे रक्तदान

अखबार हब
२०८० भाद्र २, शनिबार १५:५४

मकवानपुर । हेटौंडा–७ नागस्वतीमा ३९ जनाले रक्तदान गरेका छन् ।

नागस्वती स्थीत नेपाल रेडक्रस सोसाइटी नागस्वती उपशाखाको आयोजना तथा रक्त सञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा शनिवार खुल्ला रक्तदान कार्याक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा ३९ जनाले रक्तदान गरेको नागस्वती उपशाखाका सचिव किरण लामिछानेले जानकारी दिए ।

जिल्लामा रगत अभाव भैरहेको सन्दर्भमा नागस्वती उपशाखाले कार्यक्रम गरेकोमा रक्त सञ्चार केन्द्र हेटौंडाका बिष्णु रिमालले खुशि ब्यक्त गरेका थिए ।

उपशाखा सभापति हरिगोपाल सापकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा ७ का वडाध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा निवर्तमान वडा अध्यक्ष राजन थापा ,रेडक्रस जिल्ला शाखा महामन्त्री शिवहरी दाहाल लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*