एक सातामा प्रदेशका ४० हजार पशुहरुमा लगाईयो लम्पीस्किन विरुद्धको खोप
मकवानपुर । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेशले सञ्चालन गरेको सताव्यापी खोप अभियान बुधवारबाट सकिएको छ ।
साताव्यापी रुपमा सञ्चालन गरिएको अभियानमा बागमती प्रदेशका ४० हजार ५ सय ५२ पशुहरुमा लम्पी स्किन डिजिज् विरुद्धको खोप लगाएको हो । जसमध्ये मकवानपुरमा गाई, भैसी,साढे, पाढापाडीगरि ५ हजार ९ सय ५६ वटा पशुलाई खोप लगाइएको थियो ।
त्यसैगरि, काठमाडौं २ हजार ३ सय ४६, भक्तपुरमा ९ सय २१, ललितपुरमा एक हजार ४ सय ३७ , चितवनमा ९ हजार २५, धादिङमा ३ हजार ६ सय १० मा खोप लगाईएको छ ।
त्यसैगरि, सिन्धुलीमा २ हजार ४ सय ९०, रामेछापमा १ हजार ९ सय ४२, दोलखामा २८४, सिन्धुपाल्चोकमा १ हजार ९ सय ९९, काभ्रेमा ६ हजार ७७ , नुवाकोटमा ३ हजार ३ सय ७७, तथा रसुवामा एक हजार एक सय ८८ वटा पशुवस्तुमा खोप लगाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमतीका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए ।
साताव्यापी खोप अभियान सकिएता पनि पशुवस्तुमा खोप लगाउने कार्यभने नियमित रहने उनले बताए । मन्त्रालयले साताभरमा ५० हजार खोप लगाउने लक्ष्य लिएको थियो ।








